पर्वतीय उद्धारमा चीनले नेपाललाई सघाउने

IMG-20240724-WA0054
भद्रपुर:उच्च पर्वतारोहण क्षेत्रमा हुने गरेको दुर्घटनामा तत्काल गर्नुपर्ने उद्धार कार्यमा चीन सरकारले सघाउने प्रतिबद्धता  गरेको छ। नेपालका तर्फबाट नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाली क्षेत्रमा हुने पर्वतीय दुर्घटनाहरुमा चीनको स्वायत्त प्रदेश तिब्बतको खेलकुद महासंघले सहयोग गर्ने भएको छ।

पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार, तिब्बत स्वायत्त प्रदेशसँग नेपालका दर्जनौं हिमालहरु जोडिएका छन्। नेपालको उत्तरी क्षेत्रसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त प्रदेश सरकारको निमन्त्रणमा जुलाई ३मा त्यहाँ भाग लिन पुगेको पर्वतारोहण संघ नेपालको टोलीलाई चिनियाँ पक्षले पर्वतीय वातावरण, ज्ञान, सीप आदानप्रदानमा पनि दुवै देशबीच सहकार्य गर्ने सम्झौता गरेको छ।
‘प्रतिकूल मौसम, आवश्यक प्रविधि लगायतको अभावले हाम्रो उच्च पर्वतीय क्षेत्रमा विभिन्न घटना/दुर्घटना हुने गरेका छन्,’ संघका अध्यक्ष शेर्पाले गत रविबार काठमांडूमा आयोजित पत्रकार सम्मेलनमा भने , ‘यस्ता घटनाले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहले मात्रै होइन, पदयात्री, आरोहणमा रहेकाहरुले पनि ज्यान गुमाउनुपर्ने अवस्था छ। यो समस्याको संबोधन गर्न हामीले त्यहाँ आयोजना गरिएको ट्रान्स हिमालयन फोरममा दुई देशबीच हाई अल्टिच्युट माउन्टेन रेस्क्यु सेन्टर स्थापना गर्न गरेको प्रस्तावमा चीनको तिब्बत स्वायत्त क्षेत्रको खेलकुद महासंघबीच सम्झौता भएको छ।’
अध्यक्ष शेर्पाका अनुसार उद्धार केन्द्र स्थापना गर्नुअघि दुबै देशका प्रतिनिधिहरुको साझा उद्धार संयन्त्र गठन भएको छ। यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघका पदाधिकारी रहने अध्यक्ष शेर्पाले बताए । यसैबीच दुवै देशले आरोहण संस्कृतिको प्रवर्द्धन गर्न, पर्वतीय वातावरणको संरक्षण गर्न, आरोहणसम्बन्धी जनशक्ति उत्पादन गर्ने बिषयमा पनि सहमति गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement