नयाँ दिल्ली: वित्त मन्त्री निर्मला सीतारमणद्वारा मंगलवार पेश गरिएको केन्द्रीय बजटमा खेल मन्त्रालयको निम्ति ३,४४२.३२ करोड़ रुपियाँमा खेलो इण्डियाको निम्ति ९०० करोड़ रुपियाँ आवण्टित गरियो। यसरी जमीनी स्तरमा खेलहरूलाई प्रोत्साहित गर्न सरकारको प्रमुख परियोजना खेलो इण्डियालाई एकपल्ट फेरि खेल मन्त्रालयको निम्ति बजटमा सर्वाधिक राशि आवण्टित भयो। यो रकम गत वित्तीय वर्षको अवधि ८८० करोड़ रुपियाँको संशोधित आवण्टनभन्दा २० करोड़ रुपियाँ अधिक हो। यस साल अगस्तमा पेरिस ओलम्पिकको चक्र समाप्त हुनेछ। यसबाहेक कमनवेल्थ गेम्स र एशियन गेम्समा अझ २ सालको समय छ। यसैकारण खेल मन्त्रालयको बजटमा गत चक्रको तुलनामा केवल ४५.३६ करोड़ रुपियाँको मामूली वृद्धि गरिएको छ। खेल मन्त्रालयको निम्ति गत वित्तीय वर्षको निम्ति गत चक्रको बजटमा ३,३९६.९६ करोड़ रुपियाँ थियो। सरकारले गत केही सालदेखि खेलो इण्डियामा भारी निवेश गरेको छ कारण यस कार्यक्रमले देशको सबै हिस्साहरूबाट प्रतिभाहरूलाई अघि ल्याउने काम गर्छ।
वित्तीय वर्ष २०२२-२३-मा खेलो इण्डियाको वास्तविक आवण्टन ५९६.३९ करोड़ रुपियाँ थियो। त्यसपछि २०२३-२४-को बजटमा लगभग ४०० करोड़ रुपियाँभन्दा अधिकको बढ़ोत्तरी सहित १,००० करोड़ रुपियाँ गरिएको थियो। यसलाई पछिबाट संशोधित गरेर ८८० करोड़ रुपियाँ गरिएको थियो। राष्ट्रिय खेल महासंघहरू (एनएसएफ)-लाई सरकारको सहायतामा पनि १५ करोड़ रुपियाँको वृद्धि गरिएको छ। यो २०२३-२४-मा ३२५ करोड़ रुपियाँ थियो अनि नवीतनम बजटमा ३४० करोड़ रुपियाँ गरिएको छ। भारतीय खेल प्राधिकरण (साइ)-को बजट पनि ७९५.७७ करोड़ रुपियाँबाट बढ़ाएर ८२२.६० करोड़ रुपियाँ गरिएको छ। यसमा २६.८३ करोड़ रुपियाँको बढ़ोत्तरी गरिएको छ। साइ-ले देशभरि आफ्नो स्टेडियमहरूको देखरेखको साथमा वैश्विक खेल प्रतियोगिताहरूका निम्ति खेलाड़ीहरू तयार गर्नको निम्ति टारगेट ओलम्पिक पोडियम योजना (टप्स)-लाई पनि प्रबन्धन गर्छ। राष्ट्रिय डोपिंग रोधी एजेन्सी (नाडा) र राष्ट्रिय डोप परीक्षण प्रयोगशाला (एनडीटीएल)-को बजटमा मामूली बढ़ोत्तरी गरिएको छ। नाडा-को बजटलाई २१.७३ करोड़ रुपियाँबाट बढ़ाएर २२.३० करोड़ रुपियाँ अनि एनडीटीएल-को बजटलाई १९.५० करोड़ रुपियाँबाट बढ़ाएर २२ करोड़ रुपियाँ गरिएको छ।