जीटीएद्वारा दार्जिलिङमा स्वतन्त्रता दिवस समारोह सम्पन्न

IMG-20220815-WA0262.jpg

कार्यक्रममा सहभागी विद्यालयहरूलाई २-२ लाख गरेर प्रदान गर्ने अनित थापाको घोषणा

दार्जिलिङ: आज दार्जिलिङको लेबोङ खेल मैदानमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट आयोजना गरेको ७६ औ स्वतन्त्रता दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख अनित थापा उपस्थित रहेका थिए भने अन्य अतिथिहरुमा जीटीएको प्रिन्सिपल सेक्रेटरी साथै दार्जीलिङको जिल्लापाल एस पुनम बालम लगायत दार्जीलिङ पुलिस प्रशासनको‌ अधिक्षक सन्तोष निम्बलकर उपस्थित रहेका थिए। यस कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापाले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि सलामी ग्रहण गरेका थिए। जीटीए प्रमुखले आफ्नो संक्षिप्त सम्भाषणमा 76 औं देश स्वतन्त्रता दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै भोली १६ अगस्टको दिन सम्पूर्ण जीटीए क्षेत्रको विद्यालयहरुमा बिदाको घोषणा गरेका छन्।

आजको स्वतन्त्रता दिवस समारोहमा अंशग्रहण गरेका विद्यालयको विधार्थीहरु थाकेको हुनाले भोली विद्यालयहरु बन्दको घोषणा गरेको उनले बताए। यसको साथै आज जति पनि विद्यालयका विधार्थीहरुले मैदानमा पाईप ब्याण्डको प्रस्तुति दिए ती सबै विद्यालयहरुलाई जीटीएको तर्फबाट अनित थापाले दुई – दुई लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन्। उनले शिक्षा एक अति मुल्यवान थोक भएकोले हामीले सैदेव शिक्षालाई महत्व दिनुपर्ने बताउँदै आगामी दिनहरुमा पहाडको विद्यार्थीहरुलाई आइएए‌स साथै डब्लुबीसीएस जस्तो परीक्षाहरुमा बस्न जीटीएको तर्फबाट सहयोग पुर्याउने वचन पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement