ढाका: बंगलादेशमा व्यापक हिंसामा परिणत भएका विद्यार्थी आन्दोलनका नेताहरूले ४८ घण्टाको लागि विरोध प्रदर्शन स्थगित गरेl ‘हामीले ४८ घण्टाको अवधिमा कुनै पनि विरोध प्रदर्शन गर्ने छैनौं’, विद्यार्थीहरू भेदभाव विरुद्धको शीर्ष नेता नाहिद इस्लामले भने, ‘हाम्रो माग भनेको सरकारले इन्टरनेट बहाल गर्नु, कर्फ्यू हटाउ, क्याम्पसहरू खोल्नु र विद्यार्थी आन्दोलनकारीलाई सुरक्षा दिनुपर्छ।‘