केन्द्रीय बजेटमाथि मुख्यमन्त्री ममता ब्यानर्जीको टिप्पणीप्रति सांसद राजु विष्टद्वारा कडा आपत्ति

IMG-20240723-WA0259

दार्जिलिङ: दार्जिलिङता सांसद राजु विष्टले बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको केन्द्रीय बजेटमा गरिएको टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्। उनले पश्चिम बंगाल सरकारको टिस्टा बाढी र पैह्रो पीडितहरूलाई सहयोग नगरेको आरोप लगाएका छन्। युनियन बजेटमाथि मुख्यमन्त्रीको टिप्पणीको विषयमा बोल्दै दार्जिलिङका सांसद राजु विष्टले भने, “मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ र कालेबुङको बारेमा बोल्न कुनै नैतिक अधिकार छैन। पश्चिम बंगाल सरकारले टिस्टा बाढीलाई ‘प्रकोप’ घोषणा गर्न अस्वीकार गरेको छ। २०२३ को अक्टोबरमा टिस्टा नदीमा ठूलो बाढी आउँदा ५०० भन्दा बढी परिवार प्रभावित भएका थिए। तर पश्चिम बंगाल सरकारले आजसम्म यसलाई प्रकोप घोषणा गरेको छैन।”
उनले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन् -‘यदि पश्चिम बंगाल सरकारले यसलाई प्रकोप घोषणा गरेको भए राज्य आपदा प्रतिक्रिया कोष अन्तर्गत वार्षिक विनियोजनको १०% सम्म खर्च गर्न सक्थ्यो। पश्चिम बंगालको लागि आर्थिक वर्ष २०२३-२४ को एसडीआरएफ विनियोजन ११८९.६० करोड छ, जसमा ८९२ करोड केन्द्रको र २९७.६० करोड राज्यको योगदान हो। १०% को ११८.९६ करोड टिस्टा बाढी पीडितहरूलाई सहयोग गर्न प्रयोग गर्न सक्थ्यो। तर सरकारले अहिलेसम्म त्यसो गरेको छैन।”
सांसद राजु विष्टले अघि भने, “टिस्टा जल विद्युत् बाँधबाट वार्षिक रूपमा ७५०० करोडभन्दा बढी राजस्व योगदान गर्ने दार्जीलिङ र कालेबुङ क्षेत्रलाई पश्चिम बंगाल सरकारले दोस्रो श्रेणीको नागरिकको रूपमा व्यवहार गरिरहेको छ। सिक्किम सरकारले तुरुन्तै टिस्टा त्रासदीलाई प्रकोप घोषणा गर्यो। तर पश्चिम बंगाल सरकारले कुनै पनि कदम चालेको छैन।”
सांसद राजु विष्टले अझ भने, “मुख्यमन्त्री ममता ब्यानर्जीले पहिला आफ्नै सरकारको निष्क्रियताको स्पष्टीकरण दिनुपर्छ। दार्जीलिङ र कालेबुङका जनतालाई टिस्टा बाढी र पैह्रो पीडितहरूको सहयोगमा के गरे भन्ने बताउनुपर्छ।’
उनले घोषणा गरेको २५ करोड रुपैयाँ कहाँ गयो?” भनेर उनले प्रश्न उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement