पिकअप भ्यान र बस एकापसमा ठोक्किँदा पिकअप भ्यान चालकको मृत्यु, तीन घाइते

IMG-20240723-WA0247

कोचबिहार: ब्लक नं २ माथाभाङ्गाको निशिगञ्ज क्लब नजिकैको इलाकामा पिकअप भ्यान र बस एक आपसमा ठोक्किँदा पिकअप भ्यान चालकको मृत्यु भएको हो। उक्त दुर्घटनामा बसमा सवार तीन जना घाइते भएका छन्। दुर्घटनाको खबर पाएलगत्तै निशिगञ्ज थानाका पुलिस, निशिगञ्ज दमकलका कर्मचारी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। स्थानीय स्रोतका अनुसार माथाभाङ्गाबाट दिनहटातर्फ जाँदै गरेको बस र कोचबिहारबाट माथाभाङ्गातर्फ जाँदै गरेको पिकअप भ्यान एक आपसमा ठोक्किएको हो। पुलिस स्रोतका अनुसार घाइतेहरुलाई उद्धार गरी निशिगञ्ज ग्रामीण अस्पताल लगिएको छ। जसमध्ये पिकअप भ्यानका चालक गम्भीर घाइते भएका छन् भने उनको टाउको काटिएको छ। विभागीय अस्पतालमा पठाइएको छ। त्यहाँ ड्युटीमा रहेका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement