वित्त मन्त्री सितारमणले सिक्किमलाई सहयोग गर्ने घोषणा गरिन्

IMG-20240723-WA0256

गान्तोक: लोकसभामा केन्द्रिय बजेट प्रस्तुत गर्दै केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले बाढ़ र पैह्रोका कारण भएको क्षय क्षतिलाई लिएर केन्द्र सरकारले सिक्किमलाई सहयोगको घोषणा गरेकोमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रिय वित्त मन्त्रीप्रति सम्पूर्ण सिक्किमका जनताको पक्षबाट हार्दिक आभार व्यक्त गरेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको केन्द्र सरकारसितको सुमधुर सम्बन्धका कारणले यी सब सम्भव भएको पनि सांसद सुब्बाले बताएका छन्। एसकेएम सरकारले जुन सम्वन्ध केन्द्र सरकारसँग राखेको छ त्यसको फलस्वरूपमा सिक्किमलाई हरेक क्षेत्रमा प्राथमिकता दिएको पनि जानकारी गराए। यो बजेट विशेष गरेर युवा, महिला सश्क्तिकरण, विद्यार्थी, रोजगारको निम्ति लाभ पुऱ्याउने र यसले देशलाई विकासको अघिलो खुडकिलोमा पुऱ्याउन सक्ने सम्भावना व्यक्त गर्दै उनले बजेटलाई समर्थन जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement