गान्तोक: सिक्किमबाट लापत्ता बनेकी एक युवतीलाई सिक्किम पुलिसले दिल्लीबाट उद्दार गरेर सुरक्षित ल्याएको छ। उक्त युवतीलाई हिजो मात्र दिल्लीबाट सिक्किम ल्याइएको हो। सोरेङ जिल्लाको साइबर सेलको कोशिषमा उनलाई राज्यमा ल्याउन सफल भएको बताइएको छ भने सोरेङ थानाकी पीआई लता बरदेवाको नेतृत्वमा गएको टोलीले दिल्ली पुलिसको सहयोगमा उनलाई उद्दार गरिएको जानकारी गराएको छ। दिल्ली पुलिसले यस घटनालाई लिएर चिन्तित बन्दै सिक्किम पुलिसलाई निसर्त सहयोग गरेको कारण सिक्किम पुलिस उक्त युवतीलाई सिक्किम ल्याउन सफल बनेको बताएको छ। यस विषयलाई लिएर सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले पनि निरन्तर पुलिससँग सम्पर्क गरेको र उनको सहयोगको कारण सिक्किम पुलिसले यस अभियानलाई निरन्तरता दिँदै सफल भएको बताएको छ।