केन्द्रीय बजेटमा चिया उद्योगको नाम नआएपछि चिया उद्योगीमा निराशा

TG-copy-1

अलीपुरद्वार: केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले केन्द्रीय बजेटमा उत्तर बंगालको चिया उद्योगबारे उल्लेख गरिनन्।यसअघि, २०२१ को विधानसभा चुनावको प्रचार गर्न अलिपुरद्वार आएका केन्द्रीय गृहमन्त्री अमित शाहले चिया उद्योगको लागि एक हजार करोड रुपियाँको विशेष कोष सिर्जना गर्ने घोषणा गरेका थिए। त्यस दिन चिया उद्योगमा आबद्ध मानिसहरूले नयाँ अक्सिजन पाए। तर चुनाव सकिएपछि जनताले उनको घोषणा चुनावी वाचा मात्रै भएको बुझे। यस देशको चिया उद्योग सबैभन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगार दिने उद्योग हो र यस उद्योगबाट राम्रो विदेशी मुद्रा आर्जन हुन्छ। यस वर्ष असम र उत्तर बंगालमा प्रकृतिको अनियमितता र किराको आक्रमणका कारण चिया उत्पादन नराम्ररी प्रभावित भएकोले यस वर्षको चिया उद्योगका लागि केन्द्र सरकारले केही राम्रो गर्ने कुरामा यस उद्योगसँग सम्बन्धित व्यक्तिहरू आशावादी थिए। तर बजेट हेरेपछि यस उद्योगसँग आवद्ध सबैले निराशा व्यक्त गरेका छन्। यस सम्बन्धमा अलिपुरद्वारको बीचमा रहेको डाबरी चिया बगानका प्रबन्धक चिन्मय धरले भने, ‘प्राकृतिक कारणले उत्तर बंगाल र असममा चिया उत्पादनमा धेरै नोक्सान भएको छ। त्यसैले हाम्रो चिया उद्योगका लागि केन्द्र सरकारले केही सहयोगको घोषणा गर्छ भन्ने आशा गरेका थियौं तर बजेटप्रति हामी निराश छौं।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement