सिलगढी: सिलगढीको वार्ड नम्बर ७ मा डेंगुका कारण एक नाबालकको मृत्यु भएको छ। घटनापछि सिलगढी नगरपालिका हल्लिएको छ। मंगलबार मेयर गौतम देवले डेङ्गुको वर्तमान अवस्थाका बारेमा विशेष बैठक बोलाएका हुन्। बैठकमा एसडीओ, जिल्ला अधिकारी र सिलगढीका ४७ वार्डका काउन्सिलरहरूसहित प्रशासनिक अधिकारीहरू उपस्थित थिए। तर, मेयरले डेंगुका कारण एक नाबालकको मृत्यु भएको जानकारी सही नभएको दाबी गरे। बालकको मृत्यु डेंगुका कारण भए नभएको अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ। अर्कोतर्फ, मृतकका परिवारले सिलगढीको एक निजी नर्सिंग होम विरुद्ध मेडिकल लापरवाहीको आरोप लगाएका छन्। सिलगढीमा करिब ३० जना र माटिगारामा ४६ जना डेंगुका सक्रिय केसहरू रहेको बताइएको छ। जसका कारण निगमले यसतर्फ विशेष ध्यान दिएको छ। सिलगढीका ७ वटा वार्ड विशेष निगरानीमा रहने बताइएको छ। बैठकपछि पत्रकारहरुसँग मेयर गौतम देवले यस्तो बताएका हुन्।