प्रशासनद्वारा टिस्टा नदी किनारमा अतिक्रमण हटाउन अभियान शुरु

IMG-20240723-WA0194

जलपाईगढी: प्रशासनले टिस्टा नदीको किनारमा अतिक्रमण हटाउने अभियान शुरु गरेको छ। अवैध पसल भत्काउने काम भइरहेको छ। जंगलमा रहेको अवैध रिसोर्ट भत्काएपछि यस पटक प्रशासनले जलपाईगुडी जिल्लाको मैनागढी थानाअन्तर्गत टिस्टा नदीको किनारमा रहेको डोमोहनीमा राज्य सरकारको पीडब्लुडी विभागअन्तर्गतको दलदलको जग्गा अतिक्रमणबाट मुक्त गराउन अभियान चलायो। मंगलबार दिउँसो मैनागढीका बीडीओले सार्वजनिक निर्माण विभाग र पुलिससँग मिलेर डोमोहनीको मोरिचाबादी छेउछाउको दलदली जग्गामा अतिक्रमण गरेर बनाएका पसल भत्काएर सरकारी जग्गा कब्जा गर्ने व्यापारीलाई नोटिससमेत दिएका थिए।यस सम्बन्धमा स्थानीयवासी सुनिल सरकारले आज प्रशासनले आएर पसल भत्काएर दलदली जग्गा कब्जा गरेर पसल निर्माण गर्नेलाई सात दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement