युनाइटेड ब्रदर्स मानेभञ्ज्यांग र बीच गाउँ स्पोर्टिंग क्लबको एकतर्फी जीत

photocollage_2024723184653643

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा मंगलवार दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको दुईवटा म्याच खेलियो। आजको दुवै म्याच चरम एकतर्फी रह्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याचमा युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगले सेण्ट पल्स स्कूललाई ७-०-ले पिट्यो। विजेता टीमबाट म्याचमा बिक्रम छेत्रीले ६८औं र ७९औं मिनटमा २ गोल गरे। यसबाहेक टेम्बा भूटिया, डेण्डुप भूटिया, फुपु टाशी भूटिया र रिक्जेन भूटियाले १-१ गोल गरे। यसरी दिनको दोस्रो म्याचमा घूमको गाउँ स्पोर्टिंग क्लबले दार्जीलिङ फूटबल स्पोर्टिंग क्लबलाई ६-०-ले पिट्यो। विजेता टीमबाट रोहन राई र सौरभ बराईलीले ह्याट्रिक गरे। यसमा रोहनले ३८औं, ४९औं र ५९औं मिनटमा गोल गरे। यसरी सौरभले १०औं, ४८औं र ५३औं मिनटमा गोल गरे। यसरी लीगको गत तीनवटा म्याचमा जम्मा २८ गोल भइसकेको छ कारण सोमवार खेलिएको दोस्रो म्याचमा थ्री कोन एफसी-ले १४-१-ले जीत हासिल गरेको थियो। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement