क्राई एनजीओद्वारा स्वाधीनता दिवस पालन

IMG-20220815-WA0245.jpg

खरसाङ: क्राई एनजीओ अनि वहदाम रोहिणीद्वारा ७५औं स्वतन्त्रता दिवस समारोह आयोजना गरेका छन्। क्राई एनजीओद्वारा ७५औं स्वतन्त्रता दिवसको अवसरमा रोहिणी चिया बगानका बालबालिकाहरूले सम्पूर्ण विश्वमा शान्ति र एकताको सन्देश फैलाउँदै राष्ट्रिय झण्डा लिएर र्‍याली गरेका छन्। यस अवसरमा रोहिणीको सन्त जोहन बोर्डिङ स्कूलका प्राचार्य मिलन रसाइलीले सम्पूर्ण एनजीओ टोलीलाई धन्यवाद दिएका थिए। क्राई एनजीओको स्वयंसेवी शिक्षिका पूजा कालिकोटेले अन्त्यमा सबै अतिथि र बालबालिकाहरूलाई धन्यवाद दिइन्।

उल्लेखनीय छ क्राई एनजीओद्वारा देशको स्वतन्त्रताको ७५ वर्षगाँठको अवसरमा देशव्यापी रूपमा पालन गरिरहेको आजादीको अमृत महोत्सव अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आईरहेका थिए। यसै क्रममा एनजीओ टोलीद्वारा गत १२ अगस्तको दिन चित्रकला प्रतियोगिता कार्यक्रम गरेका थिए अनि यस कार्यक्रममा धेरै बालबालिकाहरूले भारतीय राष्ट्रिय झण्डाको रचनात्मक चित्र बनाएका थिए।

त्यसरी नै गत १३ र १४ अगस्तको दिन क्राई एनजीओ टोलीद्वारा सम्पूर्ण चिया बगानका घरहरूमा झण्डा वितरण कार्यक्रम पनि गरेका थिए भनी जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *