सिलगढी: हिजो सिलगढीमा डेंगुका कारण नौ वर्षीया बालिकाको मृत्यु भएको खबर आएपछि पूरै शहरमा हलचल मच्चियो। यसैबीच आज बिहान मेयर गौतम देवले मृतकको घर पुगेर परिवारका सदस्यलाई भेटेका छन्। नर्सिङ होमको लापरवाहीका कारण बालिकाको मृत्यु भएको मृतक बालिकाका परिवारले मेयरलाई बताए। उल्लेखनीय छ कि गत आइतबार राति डेंगुका कारण ९ वर्षीया जैना खनानको मृत्यु भएको थियो। सिलगढीका मेयर गौतम, डेपुटी मेयर रञ्जन सरकार, मेयर काउन्सिल बरोका अध्यक्ष डाक्टर र अन्य अधिकारीहरू बिहान मृतकको परिवारलाई भेट्न घर पुगेका थिए। यता मृतककी आमाले सम्पूर्ण नर्सिङ होमको लापरबाहीले मृत्यु भएको भन्दै मेयर गौतम देवसमक्ष हात जोडेर नर्सिङ होमलाई कारबाही गर्न आग्रह गरेकी छन्। परिवारलाई भेटेर पत्रकारसँग भेटघाट गरेपछि मेयर गौतम देवले घटनालाई निकै पीडादायी भएको बताए। दार्जीलिङको सीएमओएचले डेंगुका कारण मृत्यु हुनेको विषयमा समिति बनाएको छ, यसबाट सही जानकारी बाहिर आउने उनले बताए।