खरसाङमा कप्तान रामसिंह ठकुरीको १०९औं जन्म जयन्ती पालन

IMG-20220815-WA0242.jpg

खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको १०९औं जन्म जयन्ती पालन गरिएको छ। खरसाङको नयाँ बजारस्थित कप्तान रामसिंह ठकुरीको सालिगमा गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व अध्यक्ष एंव समाजसेवी तिलक शर्माको बाहुलीबाट पुष्पाञ्जली अर्पण गर्दै धुप दीप प्रज्वलन गरी स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीलाई श्रध्दाञ्जली अर्पण गर्दै १०९औं जन्म जयन्ती पालन गरिएको छ। भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङले वार्षिक रूपमा कप्तान रामसिंह ठकुरीको जन्म जयन्ती पालन गरिरहेका छन्। यसै क्रममा यसपाली पनि पुस्तकालयले कप्तान रामसिंह ठकुरीको जन्म जयन्ती पालन गरेका छन्। यस अवसरमा गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व अध्यक्ष तिलक शर्मा लगायत मूल सचिव विनोद रसाइली, कोषाध्यक्ष निरङ्कर थापा, सदस्य अरूण लामा, नितेस राई, गौतम प्रधान आदिको उपस्थिति रहेको थियो। आजको कप्तान रामसिंह ठकुरीको १०९औं जन्म जयन्ती पालन गरिएको विषयमा पुस्तकालयको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *