गजल

Gazal-2-1

बाबु चाहन्छन् आफ्नो छोरी हट होइन कूल देखियोस्

कति आमा छोरी छोटो लुगामा नै ब्युटीफुल देखियोस्

शिक्षा, संस्कार होस्, अध्यात्म र सेवाको भावना  होस्

नराम्रो दृष्टिले हेर्ने, इज्जत लुट्नेलाई चैं शूल देखियोस्

बाबु हुन्छन् चिन्तित सधैं छोरीको उत्ताउलो फेशन देखी

बाबु झैं आमाको नजरमा पनि छोटो लुगा भूल देखियोस्

पहिरन यस्तो होस् छोरी चेलीको शुभ्र संस्कार झल्किने

गर्वित बन्न सकोस् समाज, अरूको दिमाग गुल देखियोस्

फेशन नराम्रो होइन तर हुनुपर्छ सभ्यता झल्झल देखाउने

चाहँदैनन् कोही पनि छोरीको लुगा पारदर्शी तूल देखियोस्

नगरवधु जस्तो अङ्ग प्रदर्शन सभ्यता होइन असभ्यता हो

पहिरनले लोभिने मात्रै हैन चरित्र पनि ढुलमुल देखियोस्

शरीर बहुमूल्य छ यति बुझेर यस्तो पहिरन धारण गर्नु कि

त्यही पहिरनले छोरीहरु नगरवधु होइन बुलबुल देखियोस्

लौ यस्तो एउटा अभियान शुरू गर छोरी चेली सब मिली

संस्कारयुक्त पहिरन धारण गर्ने चेलीहरूको हुल देखियोस्

इच्छाशक्ति भए के हुँदैन र यो विशाल संसारी रङ्गमञ्चमा

गोर्खे छोरीको पहिरनले दैत्यहरु डरले छुल्छुल देखियोस्ll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement