सिलगढी: नक्सलबारी पञ्चायत समितिका कर्म अध्यक्ष तथा तृणमूल नेता जमिन मुद्दामा पक्राउ परेका छन्। नक्सलबारी भूमि तथा मालपोत अधिकृतको उजुरीका आधारमा असरफ अन्सारीलाई पक्राउ गरिएको छ। पक्रा परेका उनी नक्सलबारी पञ्चायत समितिको सार्वजनिक निर्माण विभागका कर्म अध्यक्ष हुन्। १२ जुलाई नक्सलबारीको सेबडेला मौजामा रहेको सरकारी जमिन सम्बन्धमा नक्सलबारीका भूमि तथा मालपोत अधिकृतले नक्सलबारी थानामा उजुरी दिएका थिए। घटनाको अनुसन्धानपछि पुलिसले १९ जुलाईमा दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका तृणमूल नेता तथा पञ्चायत समितिका अध्यक्ष असरफ अन्सारीले भने, ‘मलाई पक्राउ गरिएको छ। किनभने म जमिन दलाल भएको भन्दै मुख्यमन्त्रीमा गुनासो गरेको बताइन्छ। त्यसपछि पुलिस र मालपोतका अधिकारीहरु समस्यामा परे र मलाई पक्राउ गरे।‘ आफूलाई फसाएको उनले दाबी गरे।