भद्रपुर: सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का विष्णु परियारको ७ वर्षीया छोरी विवशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो। उता मोरङको सुनवर्षी नगरपालिका ७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेव मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।