मुम्बई: आईपीएल २०२३-को अवधि विराट कोहली र गौतम गम्भीरबीच मैदान भएको घटनाले सम्पूर्ण क्रिकेट जगतमा खलबली मचाएको थियो। त्यस समय गम्भीर लखनऊ सुपर जाइण्ट्सका मेण्टर थिए अनि कोहली रोयल च्यालेञ्जर्स बेंगलुरुबाट खेलिरहेका थिए। आरसीबी र एलएसजी-बीच म्याचको अवधि यी दुईबीच मैदानमा झ्याउला भएको थियो। यी दुईबीचको लड़ाइँलाई रोक्न दुवै टीमका खेलाड़ीहरूले मध्यस्थता गर्नु परेको थियो। त्यसपछि गम्भीरले टीम बद्लिए अनि कलकत्ता नाइट राइडर्सको मेण्टर बने। यस साल केकेआर र अरसीबी-बीच आईपीएलको म्याचमा चाहिँ गम्भीरलाई कोहलीसँग अँगालो हालेर हाँस्दै बोलेको देखिएको थियो। त्यस समय यी दुईबीच सबै विवाद समाप्त भएको लागेको थियो अनि यसपाली टीम इण्डियाका मुख्य प्रशिक्षक बनेपछि गम्भीरले कोहलीसँग आफ्नो सम्बन्धबारे खुलेर कुरा गरेका छन्। भारतीय टीमको मुख्य प्रशिक्षक पद सम्हालेपछि पहिलोपल्ट मीडियाको सम्मुखीन हुने गम्भीरले कोहलीसँग आफ्नो सम्बन्धबारे चर्चा गरे। उनले भने, विराट कोहलीसँग मेरो सम्बन्ध कुनै प्रकारको टीआरपी-को निम्ति होइन। यो दुईजना परिपक्व मानिसहरूबीचको सम्बन्ध हो। अहिले हामी भारतको प्रतिनिधित्व गरिरहेका छौं। हामी १४० करोड़ देशवासीको प्रतिनिधित्व गरिरहेका छौं। मैदान बाहिर उनीसँग मेरो असल सम्बन्ध छ अनि यो जनतालाई देखाउनको निम्ति मात्र चाहिँ होइन। कोहली एकजना सम्पूर्ण पेशादार र विश्व स्तरीय एथलीट हुन् अनि उनले यसलाई अघि पनि जारी राख्ने आशा छ। अहिले हामी दुवै भारतलाई गौरवान्वित गर्न कठोर मेहनत गर्नेछौं अनि यही हाम्रो काम हो।
टी२० वर्ल्ड कपपछि दिग्गज पेस बलर जसप्रीत बुमराहलाई विश्राम दिइएको छ। उनलाई श्रीलंकाविरुद्ध टी२० र वनडे सीरीजको निम्ति टीममा चयन गरिएन। चोटले गर्दा लगभग एक साल मैदानबाट बाहिर रहेपछि बुमराह गत वर्ष खेलमा फर्किएका छन्। मैदानमा फर्किएपछि उनले लगाता्र असल प्रदर्शन गरेका छन्। उनले वनडे वर्ल्ड कप २०२३-मा विध्वंशी प्रदर्शन गरेपछि यस साल भएको टी२० वर्ल्ड कपमा पनि प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। अहिले उनको वर्कलोड म्यानेजमेण्ट मुख्य मुद्दा बनेको छ। उनलाई कुन म्याचमा खेलाउने अनि कहिले आराम दिने विषयमा गम्भीरले आफ्नो विचार व्यक्त गरेका छन्। गम्भीरले भने, बुमराह जस्ता कुनै पनि खेलाड़ीको वर्कलोड म्यानेजमेण्ट (कार्यभार प्रबन्धन) महत्त्वपूर्ण हुने कुरा मैले पहिला पनि भनिसकेको छु। उनी एकजना दुर्लभ बलर हुन्, जसलाई कसैले पनि आफ्नो टीममा चाहन्छन्। यसैकारण उनी मात्र नभएर अन्य पेस बलरहरूका पनि सटीक वर्कलोड म्यानेजमेण्ड जरूरी छ। एकजना ब्याटरको रूपमा असल फर्ममा रहे तपाईंले सबै प्रारूप खेल्न सक्नुहुन्छ तर पेस बलरहरूका क्षेत्रमा यस्तो गर्नु हुँदैन। रोहित र कोहलीले टी२० अन्तर्राष्ट्रियबाट सन्न्यास लिइसकेका छन्। यसैकारण ती दुईजना टेस्ट र वनडेमा मात्र खेल्नेछन्। यसैकारण यी दुईजनाले अधिकांश म्याच नै खेल्ने आशा छ।