भद्रपुर: मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाट स्थितबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका-१० खनार का ३० बर्षीय सुरेन्द्र कुमार विश्वास रहेका छन्। सोमबार दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध नाइट्राजेपाम ट्याब्लेट लेखिएको ५० चक्की सहित पक्राउ गरिएको हो। पक्राउ परेका विश्वासको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।