भद्रपुर: माेरङकाे बेलबारी नगरपालिकाले धिमाल समुदायहरूको परम्परागत पोसाक सिलाई बुनाइको लागि तानबुन्ने मेसिन प्रदान गरेको छ। सोमबार बेलबारी २ मा तानबुन्न मेसिनको औपचारिक उद्घाटन गरिएको छ। मेसिनको औपचारिक उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइरालाले गरेकी हुन्। रु.३ लाख ६० हजार बराबरको २ थान मेसिन र आवश्यक धागो, कपडा अन्य सिलाई बुनाइमा आवश्यक पर्ने सामाग्री नगरपालिकाले सहयोग गरेको छ।