पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा १९ अर्बको कृषिजन्य वस्तु निर्यात

IMG-20240723-WA0069

भद्रपुर: पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०२३-२०२४ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०२३-२४ मा रु. १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ। सो अवधिमा काँकडभिट्टा नाका भएर रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए। गत आर्थिक वर्षको आयातको तुलनामा आव २०२३-२०२४ मा रु. ४ अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो। निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजनलगायत छन्। चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ। चिराइतो भने भारत र बङ्गलादेश दुबै देशमा निर्यात हुने गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement