नयाँ दिल्ली: भारतीय शूटर अभिनव बिन्द्रालाई ओलम्पिक आन्दोलनमा उनको उत्कृष्ट योगदानको निम्ति अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-द्वारा ओलम्पिक अर्डर-ले सम्मानित गरिनेछ। यो पुरस्कार समारोह ओलम्पिकको समापनको एक दिन अघि १० अगस्तमा पेरिसमा १४२औं आईओसी सत्रको अवधि आयोजित गरिनेछ। आईओसी अध्यक्ष थोमस बाचले बिन्द्रालाई पत्र लेखेर यसबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, मलाई यो बताउँदै धेरै खुशी लागिरहेको छ कि आईओसी कार्यकारी बोर्डले ओलम्पिक आन्दोलनमा तपाईंको उत्कृष्ट सेवाहरूका निम्ति तपाईंलाई ओलम्पिक अर्डर-ले सम्मानित गर्ने फसेला लिएको छ।
ओलम्पिक अर्डर आईओसी-को सर्वोच्च पुरस्कार हो, जुन ओलम्पिक आन्दोलनमा विशिष्ट योगदान दिनेहरूलाई प्रदान गरिन्छ। यो त्यस व्यक्तिलाई सम्मानित गर्नको निम्ति दिइन्छ जसले आफ्नो कार्यहरूको माध्यमले ओलम्पिक आदर्शलाई दर्शाएका हुन्छन्, खेल जगतमा उल्लेखनीयता हासिल गरेका हुन्छन् या फेरि ओलम्पिकको निम्ति आफ्नो व्यक्तिगत उपलब्धि या खेलको विकासमा आफ्नो योगदानको माध्यमले उकृष्ट सेवाहरू दिएका हुन्छन्। यसको नामांकन ओलम्पिक अर्डर काउन्सिलद्वारा प्रस्तावित गरिन्छ अनि कार्यकारी बोर्डद्वारा त्यसमाथि अन्तिम फसेला लिइन्छ। यसबीच खेल मन्त्री मनसुख मंडावियाले पनि अभिनव बिन्द्रालाई ओलम्पिक अर्डर सम्मानको निम्ति बधाई दिएका छन्। उनले एक्स-मा लेखेका छन्, ओलम्पिक आन्दोलनमा उत्कृष्ट योगदानको निम्ति ओलम्पिक अर्डरले सम्मानित भएकोमा अभिनव बिन्द्रालाई बधाई। उनको उपलब्धिहरूमाथि हामीलाई गर्व छ अनि उनी वास्तवमा यसको हकदार थिए। उनको नामले नै शूटर र ओलम्पियनहरूका धेरै पीढ़िहरूलाई प्रेरित गरेको छ। उल्लेखनीय छ, ४१ वर्षीय बिन्द्राले २००८-को बेजिंग खेलहरूमा पुरुषहरूका १० मीटर एयर राइफल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। त्यो भारतको निम्ति ओलम्पिकमा पहिलो व्यक्तिगत स्वर्ण पदक थियो। उनी २०१०-देखि २०२०-सम्म अन्तर्राष्ट्रिय शूटिंग खेल महासंघ (आईएसएसएफ)-को एथसलीट समितिका सदस्य रहेका थिए। साल २०१४-देखि उनी यसमा अध्यक्षको रूपमा कार्यरत थिए। उनी २०१८-देखि आईओसी एथलीट आयोगको सदस्य पनि हुन्।