पेरिसमा पुरानो गल्तीहरू नदोहोऱ्याउन प्रतिबद्ध छिन् मनिका

IMG-20240722-WA0244

नयाँ दिल्ली: ओलम्पिकमा भारतलाई टेबल टेनिसमा अहिलेसम्म कुनै सफलता हासिल भएको छैन। महिला टेबल टेनिस खेलाड़ी मनिका बत्रासँग ओलम्पिक खेलहरूको अनुभव रहेको छ तर उनले टोक्योमा प्रभावशाली प्रदर्शन गर्न सकेकी थिइनन्। मनिकाले बताएअनुसार, उनी पेरिसमा टोक्यो जस्तो गल्ती गर्नेछैनन् अनि एक समयमा केवल एउटा म्याचमा ध्यान केन्द्रित गर्न चाहन्छिन्। भारतले पेरिस खेलहरूमा टेबल टेनिसको व्यक्तिगत र टीम स्पर्धाहरूमा आफ्नो चुनौती पेश गर्नेछ। भारतीय महिला टीमलाई पेरिस ओलम्पिमा स्थान दिलाउनमा मनिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। भारतीय टेबल टेनिस टीमले ओलम्पिकको निम्ति क्वालीफाई गरेको यो पहिलोपल्ट हो। मनिकाले भनिन्, गत ओलम्पिक खेलहरूबाट मैले धेरै कुराहरू सिक्ने मौका पाए अनि त्यस समय गरेको गल्तीहरूलाई पेरिसमा दोहोऱ्याउने छुइनँ। यसपाली मेरो मानसिकता ब‌द्लिएको छ। म अधिक शान्त भएकी छु अनि मलाई आफ्नो खेलमाथि आत्मविश्वास छ। म आफ्नो क्षमता र फूर्तिमाथि ध्यान दिइरहेकी छु अनि मेरो वास्तविक लक्ष्य पदकको निम्ति चुनौती पेश गर्ने रहेको छ। यसपाली म एक-एक म्याच गर्दै अघि बढ़्नेछु। उनले अझ भनिन्, यसपाली म शुरुदेखि नै पदक जित्नेबारे सोच्ने छुइनँ। यसले अतिरिक्त दबाउ सृष्टि हुन्छ। म आफ्नो देशको निम्ति सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छु। भारतीय टीमले पहिलोपल्ट ओलम्पिकको निम्ति क्वालीफाई गरेको छ अनि यो ठूलो उपलब्धि हो। मेरो विचारमा हामीसँग पदक जित्ने मौका छ अनि यसको निम्ति हामीले सर्वश्रेष्ठ प्रदर्शन गर्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement