नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका कप्तान तथा अनुभवी गोलकीपर पीआर श्रीजेशले सोमवार खेलबाट सन्न्यास लिने घोषणा गरेर प्रशंसकहरूलाई चकित पारे। श्रीजेश (३६ वर्षीय)-ले पेरिस ओलम्पिक उनको अन्तिम अन्तर्राष्ट्रिय यात्रा रहने बताए। यो उनको चौथो ओलम्पिक हुनेछ। उनले कप्तानीमा भारतले २०१६-को रियो ओलम्पिकमा हिस्सा लिएर आठौं स्थान हासिल गरेको थियो। उनले २०२० टोक्यो ओलम्पिकमा चाहिँ भारतीय टीमसँग ऐतिहासिक काँस्य पदक जितेका थिए। श्रीजेशले भारतको निम्ति ३२८ वटा अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। यसबाहेक उनले एकाधिक कमनवेल्थ गेम्स र वर्ल्ड कपमा हिस्सा लिइसकेका छन्। पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु हुनेछ। हकी इण्डियाद्वारा जारी विज्ञप्तिमा श्रीजेशले भनेका छन्, म अहिले पेरिसमा आफ्नो अन्तिम टुर्नामेण्टको तयारी गरिरहेको छु। म धेरै गर्वको साथ पछि फर्किएर आफ्नो करियरलाई हेर्छु अनि आशाको किरणहरूसँग अघि बढ़्छु। यो यात्रा असाधारणभन्दा कम्ती रहेन। म आफ्नो परिवार, टीमका साथीहरू, प्रशिक्षक, प्रशंसक र हकी इण्डियाको माया र समर्थनको निम्ति सदा आभारी रहनेछु। ममाथि विश्वास गरेकोमा धन्यवाद टीमका साथीहरूले मलाई कठिन समयमा साथ दिए। हामी सबै यहाँ पेरिसमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न चाहन्छौं अनि हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने रहनेछ। उल्लेखनीय छ, साल २०१० वर्ल्ड कपमा पदार्पणपछि श्रीजेश भारतको धेरै यादगार जीतको हिस्सा रहे। यसमा २०१४ एशियन गेम्समा स्वर्ण र जकार्ता-पालेमबांगमा २०१८-को एशियन गेम्समा जितेको काँस्य पदक सामेल छ। उनी २०१८-मा एशियन च्याम्पियन्स ट्रफीको संयुक्त विजेता बाहेक भुवनेश्वरमा २०१९ एफआईएच पुरुष सीरीजको फाइनलमा च्याम्पियन बन्ने टीममा पनि थिए। उनी २०२२ राष्ट्रमण्डल खेलहरूमा रजत पदक र २०२३-को एशियन च्याम्पियन्स ट्रफी जित्ने टीमको पनि हिस्सा थिए। श्रीजेशलाई २०२१-मा खेल रत्नले सम्मानित गरिएको थियो। भारतले ओलम्पिकमा २७ जुलाईमा न्यूजील्याण्डविरुद्ध म्याचको साथ अभियान शुरु गर्नेछ।