गान्तोक: राजधानीको पाल्जोर स्टेडियममा सोमवारदेखि सिक्किम फुटबल एसोसिएशनद्वारा चौथो चरणको एस-लिग बी-डिभिजन २०४-२५ शुरू गरिएको छ।
उद्घाटन म्याच आज युनिकर्न एफसी र नर्दनर्स एफसीबीच खेलियो, जसमा नर्दनर्स एफसीले प्रतिद्वन्दी दललाई ७-१ गोलले पराजित गऱ्यो।
विजयी दलका कर्म तोप्देन भोटियालाई म्यान अफ् द म्याच चयन गरियो।
दोस्रो म्याच बोइज क्लब गान्तोक र सिनाल्चु एफसीबीच सम्पन्न भयो, जसमा सिनाल्चु एफसीले प्रतिद्वन्दी दललाई ३-१ गोलले पराजित गऱ्यो। विजयी दलका खेलाडी राप्गे लेप्चालाई म्यान अफ् द म्याच चयन गरियो।
भोलि पहिलो खेल जोङ्ग्री एफसी र डेन्जोङ बोइज एफसी तथा दोस्रो खेल रेड पाण्डा एफसी र सिङताम जुब्ली भिल्ला एफसीबीच खेलिने छन्।