गान्तोक: गान्तोक जिल्ला प्रशासनले सामाजिक कल्याण विभागको संयुक्त तत्वावधानमा आगामी ३ अगस्तका दिन ‘फ्रीडम रन’ आयोजना गर्ने भएको छ। नशा मुक्त भारत अभियान अन्तर्गत आयोजना गरिने यस दौडमा महिला र पुरुष दुवैले भाग लिन सक्नेछन्। इच्छुक प्रतिभागीहरूले आगामी २८ जुलाईसम्म पञ्जीकरण गर्न सक्नेछन्। पञ्जीकरणको निम्ति कुनै शुल्क तिर्नु पर्ने छैन। फ्रीडम रन रेशिथाङ खेल मैदानबाट शुरू हुने बताइएको छ।