सिङ्ताम: लोवर सिङगलेबुङ पश्चिम पाण्डम पुर्ब सिक्किमको युवा जागरण समितिले हिज आइतबार जिल्ला अस्पताल सिङ्ताम परिसरमा व्यापक सर-सफाई अभियान चलायो।
हरेक समिति र हरेक नागरिक जागरुक गराउने उद्देश्य राखेरको उक्त युवा जागरण समितिको नियमअनुसार सालमा तीनपल्टसम्म सफाई अभियान एवम् कुनै पनि कार्य गर्ने निर्णय राखेको छ। त्यसै निर्णय बमोजिम यसपल्ट जिल्ला अस्पताल सिङ्तामको सर-सफाई गर्ने सर्वसम्मतिले निर्णय लिएपछि हिज २१ जुलाई २०२४ आइतबार सफाई अभियान कार्य गरेको जानकारी समितिका सक्रिय सदस्य यम बहादुर छेत्रीले दिएका छन्। उक्त सफाई अभियानमा समितिका अध्यक्षसहित सम्पूर्ण कार्यकारी एंव सदस्यहरुले सकियतापूर्वक सहभागिता जनाएका थिए।