लोगो र ट्यागलाइन प्रतियोगिता आयोजित

IMG-20240722-WA0228

गान्तोक: गान्तोक जिल्ला प्रशासन, पर्यटन एवम नागरिक उड्डयन विभाग र भारत सरकारको पर्यटन मन्त्रालयको संयुक्त पहलमा गान्तोक दर्शन २.० अन्तर्गत आयोजित लोगो अनि ट्याग लाइन प्रतियोगिताको पुरस्कार वितरण समारोह सम्पन्न भयो। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे, पर्यटन विभागकी सह निर्देशक विजेता छेत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस प्रतियोगितामा कूल २३ जनाले विभागको आधिकारिक इमेल मार्फत लोगो ट्याग लाइन पठाएका थिए। गत १० जुलाईको दिन डेस्टिनेसन मेनेजमेन्ट कमिटीको बैठक सम्पन्न भएको थियो भने सोही समयमा प्रतियोगीहरूको छनौट गरिएको थियो। यस प्रतियोगितामा पहिलो अनमोल गुरू सुब्बा बनेका छन् भने मोहन कुमार सार्की दोस्रो र रिचा तामाङ तेस्रो बनेकी छन्। प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमैले रु.१०,०००, रु.७,५००, र रु.५,००० प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल निखारेले यस प्रतियोगितामा उत्साहजनकरूपमा सहभागिता जनाएकोमा उनले सहभागीहरूलाई बधाई दिँदै आभार प्रकट गरेका छन्। प्रतियोगीहरूद्वारा तयार गरिएको लोगो र ट्यागलाइन राज्यमा पर्यटनलाई बढावामा प्रयोग गरिने जानकारी गराए। उनले गान्तोकलाई पर्यटकहरूको निम्ति गणतव्यस्थल बनाउनको निम्ति सहभागीहरूले निरन्तर सहयोग गर्नुपर्ने प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement