बीएसएफका ७० अधिकारी र जवानहरुलाई पुलिस पदकले सम्मनित गरिने     

0-SAVE_20220815_192124

कोलकाता: आजादीको अमृत महोत्सवमा बर्डर सिक्योरिटी फोर्स (बीएसएफ) ले चुनौतीपूर्ण कार्यहरू र विकट परिस्थितिहरूमा कर्तव्य निभाउने ७० अधिकारी र जवानहरूलाई पुलिस पदकहरूले सम्मानित गरिने घोषणा गरेको छ। यसमा १९ पीएमजी विशिष्ठ सेवाको निम्ति पाँच राष्ट्रपति पुलिस पदक र सराहनीय सेवाको निम्ति ४६ पुलिस पदक प्रदान गरिनेछ।

दक्षिण बङ्गाल सीमान्तअन्तर्गत विभिन्न वाहिनीहरूका पाँच बहादुर अधिकारीहरू र जवानहरूलाई पनि उनीहरूको उत्तम सेवाको निम्ति पदकहरूले सम्मानित गरिनेछ। यसमा ११२औं वाहिनीका कमाण्डिङ अफिसर नारायण चन्द, ४४औं वाहिनीका कमाण्डिङ अफिसर सुरेश कुमार शाशनी, ८४औं वाहिनीका उप समादेष्टा स्वर्गीय अपूर्बा रन्जन रोय, क्षेत्रीय मुख्यालय बहरामपुरका सहायक समादेष्टा (वर्क्स) सुब्रता बताब्याल र ८६औं वाहिनीका निरीक्षक (आरएम) अभय सिंह सामेल छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *