गान्तोक: दिल्ली भ्रमणको क्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेट गरे। भेटको क्रममा राज्यपालले रक्षामन्त्रीलाई सिङतामस्थित बरदाङमा निर्मित प्रेरणा स्थलको उदघाटनको निम्ति आमन्त्रित गरेका छन्। उल्लेखनीय छ, गत वर्षको ४ अक्टोबरको बाढीको चपेटमा परि शहीद बनेका सैनिकहरूको स्मरणमा बरदाङमा प्रेरणा स्थलको निर्माण गरिएको छ, भने सोही स्थलको उदघाटनको निम्ति राज्यपालले रक्षामन्त्रीलाई उदघाटनको निम्ति अपील गर्दै आमन्त्रित गरेका हुन्। राज्यपालले रक्षामन्त्रीको प्रभावकारी नेतृत्व क्षमताको लागि उनलाई प्रेरणादायी व्यक्तित्वको रूपमा उद्धृत गर्दै प्रशंसा पनि गरे।