मन्टिभियट चियाबारीको ग्राम सुधार समितीको कार्यकारणी समितिको सभा सम्पन्न

IMG-20240722-WA0221

खरसाङ: खरसाङको मन्टिभियट चियाबारीको ग्राम सुधार समितीको कार्यकारणी समितिको सभा समितिको सभापति प्रणय रोकाको अध्यक्षतामा मन्टिभियट चियाबारीको ३ नम्बर गाउँमा अवस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा निर्वाचित सदस्वहरुको उपस्थितिमा समाजको नयाँ नियमवालीहरू विषयमा चर्चा परिचर्चा गरिएको छ। समाजको गत ७ जुलाई २०२४ को दिन साधारण सभा गरी पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरिएको थियो भने उक्त समाजको नयाँ कमिटीको पदाधिकारीवर्गलाई पुरानो कमिटीले समाजको उत्तरदायित्व हस्तान्तरण गरिएको जानकारी प्राप्त भएको छ। मन्टिभियट चियाबारीको ग्राम सुधार समितिको नयाँ कार्यकारिणी समितिको गठन गरिएपछि पहिलो सभा राखिएको थियो। उक्त नयाँ कार्यकारिणी समितिको निर्वाचित पदाधिकारीहरूका कार्यकाल दुई वर्षको हुने जानकारी प्राप्त भएको छ। नयाँ कमिटीमा सभापति प्रणय रोका लगायत अन्य पदाधिकारीहरू चयन गरिएको छ। मन्टिभियट चियाबारीको ग्राम सुधार समिति सन् १९६७ मा स्थापित भएको समाज हो र यो समाजले मन्टिभियट चियाबारी अन्तर्गत ५ वटा गाउँहरू जस्तै २ नम्बर, ३ नम्बर, ४ नम्बर गाउँ, शान्ति नगर गाउँ र खिलखान गाउँका वासिन्दाहरू यस समाजको सदस्य सदस्याहरू रहेको जानकारी प्राप्त भएको छ। समाजले प्रत्येक वर्ष १० अक्टोबरको दिन स्थापना दिवस पालन गर्ने गर्दछ। समाजले देवी पूजा भव्य रूपमा आयोजना गर्ने गर्दछ। यसको साथै गाउँमा विभिन्न कार्यक्रमहरू जस्तै – नि:शुल्क स्वास्थ्य जाँच शिविर, वृक्ष रोपण कार्यक्रम, गाँउ सर -सफाई पनि आयोजना गर्ने गर्दछ।

समाजको हरेक कार्यक्रमतिर समाजका सदस्य-सदस्याहरूले भाग लिएर सफल बनाई दिने गरेको जानकारी मन्टिभियट चियाबारीको ग्राम सुधार समितिको नवनिर्वाचित सभापति प्रणय रोकाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement