खरसाङ: तीनधारेको गोलाई पाखास्थित नयाँ रोडमा निर्माण गरिएको ‘वी लभ तीनधारे’ अहिले पर्यटकहरूका लागि प्रसिध्द बन्दै गईरहेको छ। पर्यटकहरू साथै स्थानीय तीनधारेवासी र वरिपरिका मानिसहरूका लागि पनि यो मुख्य र आकर्षणीय स्थल बन्दै गईरहेको छ। मधेशको उखर माउँलो गर्मीबाट राहत पाउनलाई मानिसहरू तीनधारे आएर केही क्षण रमाइलो गर्ने गर्छन् अनि तीनधारेको मुख्य आकर्षणको केन्द्र बन्दै गईरहेको ‘वी लभ तीनधारे’ मा आएर फोटो खिँचाउन र वरिपरिका मनोरम दृश्यहरू हेर्न रुचाउँछन्। तीनधारेको ‘वी लभ तीनधारे’ मा स्थानीय स्वनिर्भर दलहरूद्वारा नेपाली गोर्खा जातीय पोशाकहरू राखेर फोटो खिँच्ने व्यवस्था गरेपछि पनि स्थानीय साथै मधेशतिरबाट आएका पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको देखिएको छ। गत केही समय अघि दार्जिलिङका सांसद राजु विष्टको सहयोगमा तीनधारेको लागि यहाँ ‘वी लभ तीनधारे’ लेखिएको थियो। यहाँ यो लेखिएपछि विस्तारै तीनधारे क्षेत्रमा लोकल पर्यटकहरूको आगमन बढ्न थालेको देखिएको छ। यस क्षेत्रमा पर्यटकहरूको आगमनसितै स्थानीय युवाहरूलाई केही रोजगारको अवसर पनि खुलेको देखिएको छ। यहाँ पर्यटकहरूको आगमनसितै स्थानीय दोकानहरू केही मात्रामा चल्न थालेको देखिएको छ। एक समय तीनधारेको गोलाई पाखास्थित यस क्षेत्रमा पैह्रो गएर तीनधारे निक्कै समस्या र असुविधामा थियो। तर यहाँको ठूलो पैह्रो निर्माण भएपछि फराकिलो र नयाँ सड़क निर्माणको कारणले यहाँ सबैलाई आउ जाऊ गर्न सुविधा भएको छ भने अहिले यस क्षेत्रमा ‘वी लभ तीनधारे’ को बोर्डले पनि तीवधारेको परिचय दिईरहेको छ भने तीनधारेको लागि यो राम्रो कुरा बनेको छ। यस विस्तारै पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गईरहेको छ। यस क्षेत्रलाई अझ विकसित र पर्यटकहरूका लागि अझैं अरू व्यवस्थाहरू र अन्य आकर्षणको कुराहरू पनि बनाउन सकिए अझ राम्रो हुन सक्ने स्थानीयहरूको भनाई रहेको छ।