संयुक्त मञ्चको पहलमा मुण्डाको जीर्णावस्था रहेको रोडको सर सफाई कार्य सम्पन्न

IMG-20240722-WA0219

सोनादा: मुण्डाकोठी संयुक्त मञ्चको तत्वावधानमा स्थानीय गाडी चालकहरूसित मिलेर मुण्डाकोठी को लाईफ लाईन मानिने १० नम्बर रोडको केही मरमत्ति साथै रोडको दुई साईड सफाई गरियो। मञ्चले यो अभियान धारावाहिक रूपमा प्रत्येक आईतबार यसरी नै अप्ठ्यारो ठाउँहरूमा ढुंगाको सोलिड्ंग लगाएर रोड मरमत्तिको कार्य गरिने जानकारी प्राप्त भएको छ। मुण्डाकोठी चिया बगान अचल भएपछि रोडको दुई साईड झाडी बढेर जंगल भएको थियो यसलाई पनि सफा गरेर रोडलाई सफा पनि गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त मञ्च मुण्डाको संगिता छेत्रीले मुण्डाको मुख्य रोड एकदमै जीर्णावस्थामा पुगेको कारणले सबैजना मिलेर रोडको सर सफाई साथै रोडको खाल्डाहरू पुर्ने कार्य गर्ने गरिएको जानकारी जनाएका छन्। उनले मुण्डाको रोड सर सफाई सबै चालकहरू र अरू सबै मिलेर कार्य गरिएको बताएका छन्। उनले मुण्डाको लागि सबैजना अघि आउनु पर्ने साथै यसको निम्ति संयुक्त मञ्चले पहल गर्ने बताउँदै यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement