सिलगढी: वरिष्ठ सीपीएम नेता मोहम्मद सलीमले भने, ‘राज्य सरकारको सरकारी भूमि अतिक्रमण विरुद्धको कारबाही देखावटी छ।‘ उनले मुख्यमन्त्रीको निर्देशनपछि राज्य पुलिस प्रशासन सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्ने मोडमा रहे पनि ठोस नतिजा नआएको बताए। उनले हिलकार्ट रोड, सिलगढीमा रहेको पार्टी कार्यालयमा आज जिल्ला नेताहरूसँग महत्त्वपूर्ण बैठक गरे। चुनावमा सीपीएमको पराजयको कारण पत्ता लगाउन यो बैठक गरिएको थियोl बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले आगामी महिनामा नेकपाले धेरै योजना कार्यान्वयन गर्ने बताए।