नक्सलबारी: नक्सलबारी पञ्चायत समितिका कर्मा अध्यक्ष तथा तृणमूल नेता असरफ अन्सारीलाई भूमिसम्बन्धी मुद्दामा पक्राउ गरिएको छ। नक्सलबारी भूमि तथा मालपोत अधिकृतको उजुरीका आधारमा असरफ अन्सारीलाई पक्राउ गरिएको हो। उल्लेखनीय छ कि नक्सलबारीको सेब्दुल्ला मौजामा रहेको सरकारी जग्गाको विषयमा नक्सलबारीका भूमि तथा मालपोत अधिकृतले नक्सलबारी थानामा उजुरी दिएका थिए ।यस घटनाको अनुसन्धानका क्रममा पुलिसले पहिले २ जनालाई पक्राउ गरेको थियो। त्यसपछि अब तृणमूल नेता असरफ अन्सारी पक्राउ परेका छन्। यस सम्बन्धमा आरोपित तृणमूल नेता तथा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष असरफ अन्सारीले भने कि मलाई जग्गा दलाल भएको आरोपमा आफूलाई फँसाएको उनले बताए।









