माउण्ट हर्मोन बोइज क्लब र थ्री कोन फूटबल क्लब विजयी

photocollage_202472219350756

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा सोमवार दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा आज भएको दिनको पहिलो म्याचमा माउण्ट हर्मोन बोइज क्लबले गेलोंंगटार युनाइटेड क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा अभिषेक राईले ७५औं र ८९औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल जोसेफ प्रधानले ६५औं मिनटमा गरे। यसरी गेलोंंगटार युनाइटेड क्लबबाच रेलेश राईले २९औं मिनटमा गोल गरे। यसरी दिनको दोस्रो म्याचमा थ्री कोन फूटबल क्लबले सिंहमारी फार्म्स क्लबलाई १४-१-ले पिट्यो। विजेता टीमबाट कुंगा वांग शेर्पा एक्लैले ४ गोल गरे। यसबाहेक सागर थापा र बिकास थामीले पनि ह्याट्रिक गरे। यसबाहेक अमन छेत्रीले २ जबकि ज्योति छेत्री र मनिष छेत्रीले १-१ गोल गरे। यसरी सिंहमारी फार्म्स क्लबबाट अभिषेक बीके-ले एकमात्र गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान र अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement