महानदी मल्टीपर्पोस वुमेन्स प्राईमेरी को-ओपरेटिभ सोसाईटीको आयोजनामा स्वतन्त्रता दिवस

IMG_20220815_192905.jpg

देशको स्वाधीनताको लागि सबै जातिले योगदान दिएका थिए: बीडीओ खरसाङ

खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी मल्टीपर्पोस वुमेन्स प्राईमेरी को-ओपरेटिभ सोसाईटीको आयोजनामा स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमहरूबीच सम्पन्न भएको छ। घुम्ती चियाबारीको खेल मैदानमा सम्पन्न भएको स्वाधीनता दिवसको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वासको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरिएको छ। उनले नै महानदी क्षेत्रका विभिन्न स्कूलहरूले गरेका मार्सपार्स्टमा सलामी थापेका थिए।

स्थानीय बिनोद राईले सञ्चालन गरेको स्वाधीनता दिवस कार्यक्रममा महानदी र घुम्ती क्षेत्रका भूतपूर्व सैनिक संगठनको प्रतनिधिहरूले सभापति हेमेन्द्र देवानतो अगुवाईमा झण्डा उत्तोलनको अघि सलामी दिइएको थियो। महानदी ग्राम पञ्चायतभित्र पर्ने सबै स्वनिर्भर दलहरूलाई लिएर गठित महानदी मल्टीपर्पोस वुमेन्स प्राईमेरी को-ओपरेटिभ सोसाईटीको आयोजनामा स्वतन्त्रता दिवसको अवसरमा म्याराथन दौड़को पनि आयोजना गरिएको थियो। उक्त म्याराथन दौड़ केटाहरूका लागि खरसाङ नजिक रोहिणी जिरोबाट अनि केटीहरूका लागि गिध्द पहाड़बाट घुम्ती चियाबारीको खेल मैदानसम्म आएर अन्त्य गरिएको थियो। यस म्याराथनमा केटाहरूमा प्रथम खरसाङको खहरे निवासी निसान छेत्री, दोस्रो घुम्ती निवासी सुजल तामाङ र तेस्रो खरसाङको पावल छेत्री अनि केटीहरूमा प्रथम र दोस्रो सिविटार निवासी रोजी प्रधान र बिबसना प्रधान र तेस्रो घुम्ती निवासी यासिका प्रधान भएका छन्।

कार्यक्रममा महानदी क्षेत्रका स्कूलहरू महानदी हाई स्कूल, क्याम्ब्रिज एकाडेमी, लिटल एञ्जल स्कूल आदि स्कूलका नानीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा नानीहरूमा दौड़, सांस्कृतिक नृत्य, गीत, देशभक्ति नृत्य, कविता, मार्चपास्ट लगायत विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। कार्यक्रममा स्वनिर्भर दलका सदस्याहरूले ‘स्वनिर्भर दलको महत्व’ नामक नाटक पनि प्रस्तुत गरिएको थियो। आजको कार्यक्रममा उपस्थित प्रमुख अतिथि खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासले आफ्नो सम्बोधनमा यसपाली देशको ७५औं स्वाधीनता दिवसको अवसरमा सरकारले प्रत्येक घरमा तिरंगा कार्यक्रमको घोषणा गरेका थिए र त्यही अनुसार खरसाङको प्रत्येक गाउँलेहरूमा तिरंगा लगाएको देखेर म धेरै खुशी छु भनी बताएका छन्। उनले मलाई यहाँ स्वनिर्भर दलहरूद्वारा आयोजित स्वाधीनता दिवस कार्यक्रममा बोलाएकोमा खुशी छु भन्दै देशको स्वाधीनताको लागि सबै जातिले आफ्नो योगदान दिएका थिए भनी बताएका छन्। उनले महात्मा गाँधीजीको भनाई अघि राख्दै वास्तविक स्वाधीनता तेतिबेला मिल्छ जब हाम्रो मन स्वच्छ हुन्छ भन्दै सबै मिलेर एकसाथ बसे देश खुशी हुन्छ, बंगाल खुशी हुन्छ अनि पहाड़ पनि खुशी हुन्छ भनी बताएका छन्। खण्ड विकास अधिकारी लक्ष्मण विस्वासले आफ्नो सम्बोधनमा देशको स्वाधीनताको लागि प्राणको आहुति दिने स्वाधीनता सेनानीहरूलाई पनि सम्झना गरे। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा घुम्ती चियाबारीको प्रबन्धक जवाहर चौधरी, महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री, महानदी ग्राम पञ्चायतको सचिव सिमला लामा, भूतपूर्व सैनिक संगठन महानदीको सभापति हेमेन्द्र देवान, सचिव कृष्ण प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

आजको स्वाधीनता दिवस कार्यक्रम विषयमा महानदी मल्टीपर्पोस वुमेन्स प्राईमेरी को-ओपरेटिभ सोसाईटीको तर्फबाट रोजी राई र प्रतिमा गिरीले पत्रकारहरूसित कुराकानी गर्दै यसरी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *