श्रीनाथपुर कृषि भूमि संरक्षण समितिले विभिन्न मागहरु गर्दै बीडीओलाई बुझायो ज्ञापनपत्र

IMG-20240722-WA0204

अलिपुरद्वार: श्रीनाथपुर कृषि भूमि संरक्षण समितिको तर्फबाट अलीपुरद्वार ब्लक नम्बर २ को सामूहिक विकास अधिकारीलाई ज्ञापनपत्र दिइयो। सो अवसरमा कुनै अप्रिय घटना हुन नदिन ब्लक कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरियो। आज दिउँसो १२:३० बजे खजनी चौपाथीबाट श्रीनाथपुर कृषि भूमि संरक्षण समितिले विरोध र्‍याली निकाल्यो। उनीहरु खजनीबाट र्‍याली गर्दै ब्लक कार्यालय पुगे। र्‍यालीमा करिब दुई सय महिला, पुरुष, बालबालिका र किशोरकिशोरीको सहभागिता रहेको थियो। र्‍यालीमा सहभागी किसानले ७० वर्षदेखि जमिन खेती गर्दै आएको बताए। अहिले उनीहरुलाई जग्गा छाड्न भनिएको छ। आन्दोलनकारीहरुले आफूहरु जीविकोपार्जनका लागि यही जग्गामा निर्भर रहेको समेत बताउँछन्। चिया बगान प्राधिकरणले २४ आन्दोलनकारीविरुद्ध मुद्दा दर्ता गरेको छ। उनले आगामी दिनमा आन्दोलन अझ ठूलो हुने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement