जलपाईगढी: साथीहरूसँग टिस्टा नदीमा नुहाउने क्रममा डुबेर एक साथीको मृत्यु भएको छ। घटना आइतबार साँझ राजगञ्ज ब्लकको गजलडोबासँग जोडिएको निपानिया गाउँ क्षेत्रमा भएको समाचार छ। टिस्टाको पानीमा डुबेर मृत्यु भएका युवकको नाम राज रोय (१८ वर्षीय) बताइएको छ। उनको घर राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको प्रधानपाडा क्षेत्रमा छ। पारिवारिक श्रोतका अनुसार हिजो दिउँसो तीन जना साथी स्कुटरमा गजलडोबा नजिकै रहेको निपापानिया गाउँ क्षेत्रमा आएका थिए। त्यही दिउँसो तीन जना साथी टिस्टाको पानीमा नुहाउन गएका थिए। त्यसपछि तीमध्येका राज रोय टिस्टाको पानीमा डुबे। बाँकी दुई साथीको चिच्याहट सुनेर स्थानीयवासी दौडिन थाले। खबर पाएलगत्तै परिवारका सदस्य र भोरेर आलो थानाका प्रहरी घटनास्थलमा पुगे। पुलिसले राति नै युवकको खोजी शुरु गरेको थियो। पुलिसले आज बिहानैदेखि युवकको खोजी गरिरहेको छ।








