नयाँ दिल्ली : आजदेखि मनसुन सत्र शुरु भएको छ। लोकसभामा प्रश्नोत्तरको समयमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले एनईईटीमा भएको अनियमितताबारे बोल्दै थिए। सो क्रममा विपक्षीहरुले उनको राजीनामाको माग गर्दै हंगामा मच्चाए। शिक्षामन्त्रीले भने, ‘यो मुद्दा सर्वोच्च अदालतमा छ, र अदालतले जे निर्देशन दिन्छ त्यसको पालना गर्छौं। अदालतले सबै विद्यार्थीको शहर र केन्द्रगत नतिजा सार्वजनिक गर्न भनेको थियो।‘ राहुल गान्धीले भने, ‘देशले देखिरहेको छ कि परीक्षा प्रणालीमा धेरै कमजोरीहरू छन्। शिक्षामन्त्रीले सबैका कमीकमजोरी गनिए, आफ्नो हिसाब गरेनन्। हाम्रो परीक्षा प्रणाली धोखाधडी हो।‘ यसबारे शिक्षा मन्त्रीले भने, ‘हल्ला गरेर मात्र झुट सत्य बन्दैन। देशको परीक्षा प्रणाली बकवास भएको विपक्षी नेताको भनाइ अत्यन्त निन्दनीय छ। २०१० मा कपिल सिब्बलले मनमोहन सिंह सरकारमा शिक्षा सुधारका लागि ३ वटा विधेयक ल्याएका थिए। ती मध्ये एक अनियमितता रोक्न थियो। कसको दबाबमा फिर्ता गरियो? निजी मेडिकल कलेजको दबावले हो कि? र उनी (राहुल गान्धी) हामीलाई प्रश्न सोध्दै हुनुहुन्छ।‘ मनसुन सत्र शुरु हुनुअघि प्रधानमन्त्री नरेन्द्र बिहान १० बजेर १५ मिनेटमा संसद पुगेर २१ मिनेट सञ्चारकर्मीसँग कुरा गरे। उनले भने, ‘साउनको पवित्र दिनबाट संसदको मनसुन अधिवेशन शुरु हुँदैछ। जुनमा नयाँ संसद गठन भएपछि देशका प्रधानमन्त्रीको गला घोट्ने प्रयास गरियो। यसमा मलाई कुनै पछुतो छैन। यसपटक हामी बलियो बजेट लिएर आउँदैछौँ।‘