संसदमा बजेट सत्रको शुरुवातमा प्रधानमन्त्रीको अभिभाषण

00-1-PM-Modi-2-copy-2

नयाँ दिल्ली: सावनको पहिलो सोमबार। यस पवित्र दिवसमा एउटा महत्त्वपूर्ण सत्र प्रारम्भ भइरहेको छ र सावनको यस पहिलो सोमबार म देशवासीहरूलाई धेरै-धेरै शुभकामना दिन चाहन्छु। आज संसदको मनसून सत्र पनि शुरु भइरहेको छ। देशले गहनताका साथ संसदको यो सत्र सकारात्मक होस्, सिर्जनात्मक होस् र देशवासीहरूको सपना सिद्ध गर्ने एउटा सुदृढ जग राख्नेवाला होस् भन्ने हेरिरहेका छन्।

साथीहरू,

भारतको लोकतन्त्रको जुन गौरवयात्रा छ, त्यसमा यसलाई एउटा महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा म हेरिरहेको छु। व्यक्तिगत रूपमा मलाई, हाम्रा सबै साथीका लागि पनि करिब ६० वर्षपछि कुनै सरकार तेस्रोपटक फर्केर आएको र तेस्रोपटकको पहिलो बजेट पेश गर्ने सौभाग्य प्राप्त भएको कुरा अत्यन्तै गर्वको कुरा हो भने भारतको लोकतन्त्रको गौरवयात्राको अत्यन्तै गरिमापूर्ण घटनाका रूपमा देशले यसलाई हेरिरहेको छ। यो बजेट सत्र हो। म देशवासीलाई जुन ग्यारेन्टी दिन्छु, क्रमशः रूपमा ती ग्यारेन्टीहरूलाई धरातलमा उतार्ने लक्ष्यलाई लिएर हामी अघि बढिरहेका छौं। यो बजेट अमृतकालको एउटा महत्त्वपूर्ण बजेट हो। हामीले पाँच सालको जुन अवसर पाएका छौं, आजको बजेटले हाम्रो त्यस पाँच सालको कार्यदिशा कय गर्नेछ र यो बजेटले २०४७ मा देशको स्वतन्त्रताको १०० वर्ष हुँदा, विकसित भारतको जुन सपना हाम्रो छ, त्यस सपनालाई पूरा गर्ने बलियो जग बसाल्ने बजेट लिएर हामी भोलि देशको सामु आउनेछौं। हरेक देशवासीका लागि गर्वको कुरा हो, भारत बृहत् अर्थनीको देशमध्ये सबैभन्दा तेज गतिले अघि बढ्ने देश बनेको छ। गत ३ वर्षमा लगातार ८ प्रतिशतको वृद्धिका साथ हामी अघि बढिरहेका छौं, “ग्रो” गरिरहेका छौं। आज भारतमा “पोजिटिभ आउटलूक, इन्भेस्टमेन्ट र परफर्मेन्स एक प्रकारले अप्परच्युनिटीको पीकमा छ। ”यो भारतको विकास यात्रामा स्वयं एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो।‘’

साथीहरू,

म देशका सबै सांसदलाई कुनै पनि दलको किन नहोस्। म आज आग्रहपूर्वक भन्न चाहन्छु, हामी गत जनवरीदेखि लिएर हामीसँग जति सामर्थ्य थियो, त्यस सामर्थ्यलाई लिएर जति लडाई लड्नु थियो, लड्यौं, जनतालाई जुन कुरा बताउनु थियो, बतायौं। कसैले बाटो देखाउने प्रयास गरे, कसैले भ्रमित पार्ने प्रयास गरे। तर अब त्यो समय समाप्त भएको छ, देशवासीले आफ्नो निर्णय दिएका छन्। अब चुनिएका सबै सांसदको कर्तव्य हो, सबै राजनीतिक दलको विशेष जिम्मेवारी हो, हामीले दलको निम्ति जतिलाई लड्नु थियो, लड्यौं, अब आउने पाँच वर्षका लागि हामीले देशको निम्ति लड्नुपर्नेछ, देशको निम्ति जुझ्नुपर्नेछ र इमान्दार भएर जुझ्नुपर्नेछ। म सबै राजनीतिक दललाई भन्न चाहन्छु, आउनुहोस् हामीले आगामी चार-साडे चार वर्ष दलदेखि माथि उठेर, केवल र केवल देशप्रति समर्पित भई संसदको यस गरिमापूर्ण मञ्चको उपयोग गरौं।

जनवरी, २०२९ मा जब चुनाउको वर्ष हुनेछ, त्यसपछि तपाईंहरू मैदानमा जानुहोस्, सदनको पनि उपयोग गर्नुहोस्। त्यस ६ महिनमा जुन खेल खेल्नु छ, खेल्नुहोस्। तर तबसम्म केवल र केवल देश, देशका गरीब, देशका किसान, देशका युवा, देशका महिलाको सामर्थ्यका लागि उनीहरूको सशक्तिकरणका लागि जनभागीदारीको एउटा जन आन्दोलन खडा गरी २०४७ को सपना पूरा गर्नका लागि हामी पूरा ताकत लगाऔं। म आज अति दुःखका साथ भन्न चाहन्छु, २०१४ पछि कोही सांसद ५ सालका लागि आए, कोही सांसदले १० वर्षका लागि मौका पाए। तर धेरै सांसद यस्ता थिए, जसले आफ्नो क्षेत्रको कुरा गर्ने अवसर पाएनन्, आफ्नो विचारद्वारा संसदलाई समृद्ध गर्ने अवसर पाएनन्, किनभने केही दलको नकारात्मक राजनीतिले देशको संसदको महत्त्वपूर्ण समय एक प्रकारले आफ्नो राजनीतिक विफलता ढाक्नका लागि दुरूपयोग गरे। म सबै दललाई आग्रहपूर्वक भन्न चाहन्छु, कम्तिको पनि पहिलोपटक सदनमा आउने हाम्रा धेरै माननीय सदस्यहरू छन्, जो सबै दलमा छन्, उनीहरूलाई अवसर दिनुहोस्, चर्चामा विचार प्रकट गर्ने मौका दिनुहोस्। धेरैभन्दा धेरै मानिसलाई अघि आउने अवसर दिनुहोस्। र तपाईंहरूले देख्नुभएको होला, पार्लियामेन्टको नयाँ संसद गठन भएपछि, जुन पहिलो  सत्र थियो, १४० करोड देशवासीको बहुमतका साथ जुन सरकारलाई सेवा गर्ने हुकुम देशवासीले दिए, उनीहरूको आवाज कुल्चिने अलोकतान्त्रिक प्रयास भयो। अढाई घण्टासम्म देशका प्रधानमन्त्रीको गला घोट्ने, उनको आवाजलाई रोक्ने, उनको आवाजलाई दबाउने लोकतान्त्रिक परम्परामा कुनै स्थान हुनसक्दैन। र यी सबैको पश्चतापसम्म छैन, हृदयमा पीडासम्म छैन।

म आज आग्रहपूर्वक भन्न चाहन्छु, देशवासीले हामीलाई यहाँ देशको निम्ति पठाएका हुन्, दलको निम्ति होइन। यो सदन दलको निम्ति होइन, यो सदन देशको निम्ति हो। यो सदन सांसदको सीमासम्म छैन, १४० करोड देशवासीको एउटा विराट सीमासम्मको निम्ति हो। हाम्रा सबै माननीय सांसदले पूरा तयारीका साथ चर्चालाई समृद्ध गर्नेछन्, कति नै विरुद्ध विचार हुनसक्छन्, विरुद्ध विचार नराम्रो हुँदैन, नकारात्मक विचार नराम्रो हुन्छ भन्ने म विश्वास गर्दछु। जहाँ सोच्ने सीमा समाप्त हुँदछ, देशलाई नकारात्मकताको आवश्यकता हुँदैन, देशलाई एउटा विचारधारा, प्रगतिको विचारधारा, विकासको विचारधारा, देशलाई नयाँ उँचाईमा लैजाने विचारधाराले अघि बढ्नुपर्नेछ। हामीले लोकतन्त्रको यस मन्दिरको, भारतलाई सामान्य मानवीको आशा, आकाकङ्क्षा पूरा गर्नका लागि सकारात्मक रूपमा उपयोग गर्नेछौं भन्ने आशा राख्दछु। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement