भद्रपुर: नेपाल कम्युनिष्ट पार्टी एकीकृत मालेकाका नेता प्रदीप ज्ञावलीले भने १९ महिना निरन्तर सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाललाई कसले रोकेको थियो फाइल खोल्न? फाइल रोक्न कसले दबाब दिएको थियो? कसले उनको आँखामा कालोपट्टी बाँधिदिएको थियो,’ उनले भने। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामेछानेलाई पनि चर्को कुरा नगर्न सुझाव दिए। दुईपटक गरी ६ महिना गृहमन्त्री भएका बेला लामिछानेद्वारा फाइल किन खोलिएन भनेर पनि उनले प्रश्न गरे।










