मोरङमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

IMG-20240716-WA0085

भद्रपुर: मोरङको उर्लाबारी नगरपालिका ४ बक्राहास्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको मे १ ख २३६३ नम्बरको बसले बाटो काट्दै गरेका उर्लाबारी २ सुनझोराका ६५ वर्षीय गज धिमाललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारार्थ बी एण्ड सी अस्पताल बिर्तामोड (झापा) पुर्याउना साथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ। बस र चालक झापाको मेची नगरपालिका ६ का ४५ वर्षीय उद्धव कुमार मोक्तानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement