भद्रपुर: विपी कोइराला मेमोरयिल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइराला रविबार भरतपुरबाट घुससहित पक्राउ परेकी छिन्। अख्तियार कार्यालय हेटौंडाका शाखा अधिकृत राजन रायको नेतृत्वमा आएको टोलिले कोइरालालाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजारको चेक सहित भरतपुर महानगरपालिका ४ कटहरचोकबाट नियन्त्रणमा लिएको हो। औषधि आपूर्तिको रकम भुक्तानी दिए वापत घुस लिएको हुन सक्ने अख्तियारको आरोप छ।










