अन्तर्राष्ट्रिय टेनिस हल अव् फेम-मा सामेल भए लिएण्डर पेस र अमृतराज

IMG-20240721-WA0262

नयाँ दिल्ली: भारतका पूर्व नम्बर एक युगल खेलाड़ी लिएण्डर पेसको साथमा टेनिस प्रसारक, अभिनेता तथा खेलाड़ी विजय अमृतराज अन्तर्राष्ट्रिय टेनिस हल अव् फेम-मा सामेल हुने एशियाका पहिलो दुई पुरुष टेनिस खेलाड़ी बने। यी दुई दिग्गजलाई ब्रिटेनका टेनिस पत्रकार तथा लेखक रिचर्ड इवान्ससँग हल अव् फेममा सामेल गरियो। पेसले टेनिसलाई आफ्नो करियर बनाउन अघि फूटबल र हकीमा पनि प्रतिभा देखाएका थिए। पेसले आफ्नो करियरमा पुरुष युगल र मिश्रित युगल मिलाएर जम्मा १८ वटा ग्राण्ड स्ल्याम खिताब जिते। उनलाई अमृतराज युवा एकाडमीमा खेलेपछि खेलाड़ी वर्गमा चयन गरिएको थियो। पेसले भने, यस मञ्चमा खेलका दिग्गजहरूसँग मात्र नभएर जिन्दगीको हरेक दिन मलाई प्रेरित गर्ने मानिसहरूसँग हुनु मेरो निम्ति ठूलो सम्मानको कुरा हो। यसरी ७० वर्षीय अमृतराजले १९७० मा पदार्पण गरेर १९९३-मा सन्न्यास लिएका थिए। यस अवधि उनले १५ वटा एटीपी एकल खिताब र ३९९ वटा म्याच जितेका थिए। यसरी उनले एकलमा सर्वश्रेष्ठ १८औं ऱ्याङकिंग पनि हासिल गरेका थिए। उनले भारतलाई १९७४ र १९८७-मा डेविस कप फाइनलमा पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पेस र अमृतराजले भारतलाई हल अव् फेममा प्रतिनिधित्व गर्ने २८औं राष्ट्र बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement