बालासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा चुंगथुंग, मिक्स्ड अप् बोइज र सिटोंगको टीमले दोस्रो राउण्डमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा चुंगथुंगले लेबोंगलाई २-०-ले पराजित गऱ्यो। यसरी आइतवार दुईवटा म्याच खेलियो। पहिलो म्याचमा मिक्स्ड अप् बोइजले सुकनालाई ५-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा पनि सिटोंगले रिषिहाटलाई ५-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।