पुरस्कृत पत्रकारहरूलाई राज्यपालले दिए बधाई

IMG-20240716-WA0252

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रेस क्लब अफ् सिक्किमको २२औं स्थापना दिवस र कञ्चनजङ्घा कलम पुरस्कार अलङ्करण समारोहमा पुरस्कृत र सम्मानित सबैलाई बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आज एक प्रेस विज्ञप्तिमा भनेका छन्, कञ्चनजङ्घा कलम पुरस्कारले पुरस्कृत सुभाष राई, दीर्घकालिक पत्रिका सम्मानले सम्मानित कमल मुखिया, प्रशंसा सम्मानले सम्मानित किरण रसाइली र शोभन मित्र तथा लगनशील युवा पुरस्कारले सम्मानित नीतेश प्रधान र सुबेन प्रधानलाई हार्दिक बधाई।

उनले भनेका छन्, सत्यको उदाहरण बनेर तपाईहरूको निष्पक्षता र तत्परताले एक समृद्ध र जागरूक समाजको निर्माण गर्दछ। राज्यपालले प्रेस क्लब अफ् सिक्किमका सबै सदस्यहरूलाई २२औं स्थापना दिवसको शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement