गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले शहीद ब्रिजेश थापाका माता-पितालाई शोक पत्र पठाएर गहिरो समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सिक्किमे जनताको पक्षमा पठाएको शोक पत्र शहीद थापाका माता-पितालाई आज दार्जीलिङका विधायक नीरज जिम्बाले हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ।
भारतीय सेनामा क्याप्टन ब्रिजेश थापालगायत चार जवान केही दिनअघि जम्मू-कश्मीरको डोडामा भएको आतङ्की हमलामा शहीद भएका छन्। क्याप्टन थापा दार्जीलिङ बजार छेउ गिङ्ग कमान निवासी थिए।
शहीद क्याप्टन थापाका माता-पिताले यस दु:खको समयमा मुख्यमन्त्री तामाङका विचार र प्रार्थनाका लागि उनीप्रति गहिरो कृतज्ञता प्रकट गरेका छन्।