दाम्बुला: गत विजेता भारतले महिला एशिया कप क्रिकेट टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गऱ्यो। भारतले आइतवार खेलिएको ग्रुप ए-को म्याचमा संयुक्त अरब अमीरात (यूएई)-लाई सजिलै ७८ रनले पराजित गऱ्यो । रणगिरी दाम्बुला इण्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर रेकर्ड २०१ रन बनायो, जुन भारतको महिला टी२०आई-मा सर्वोच्च स्कोर हो। त्यसपछि यूएई-ले ५ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो। ठूलो लक्ष्यलाई पछ्याउँदै यूएई-ले ३६ रनमै ३ विकेट गुमायो। त्यहाँबाट काविशा एगोडागेले अविजित ४० रनको साथ कोशिष गरे पनि भारतलाई म्याच जित्नदेखि रोक्न सकिनन्। काविशाले कप्तान एशा ओजासँग चौथो विकेटको निम्ति ४० रनको पार्टनरशीप गरिन्। एशाले ३६ बलमा ३८ रन बनाइन्। यसरी काविशाले ३२ बलमा अविजित ४० रन बनाइन्। भारतीय बलरहरूमा दीप्ति शर्माले सर्वाधिक २ विकेट हासिल गरिन्।
यसअघि पहिला ब्याटिंग गर्दै भारतको शुरुवात असल रहेन अनि फर्ममा रहने ओपनर स्मृति मन्धना केवल १३ रन बनाएर तेस्रो ओभरमै आउट भइन्। त्यसपछि शेफाली वर्माले दयालन हेमलता (०२)-सँग मिलेर आक्रामक ब्याटिंग गरे पनि ५२ रनको स्कोरमा यी दुवै आउट हुँदा समस्यामा जाँकिने टीमलाई कप्तान हरमनप्रीत कौरले सम्हालिन्। हरमनप्रीतले जेमिमा रोड्रिग्स (१४)-सँग मिलेर चौथो विकेटको निम्ति ५४ रनको पार्टनरशीप गरिन्। जेमिमा १२औं ओभरमा आउट भएपछि हरमनप्रीतले रिचाबाट असल साथ पाइन्। यी दुईले आक्रामक मिजासमा ब्याटिंग गर्दै पाँचौं विकेटको निम्ति तेजीको साथ ७५ रनको पार्टनरशीप गरी टीमलाई विशाल स्कोरसम्म पुऱ्याएन्। हरमनप्रीतले अन्तिम ओभरमा रन आउट हुन अघि ४७ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ ६६ रन बनाइन्। यसरी रिचाले १२ वटा चौका र एउटा छक्काको साथ केवल २९ बलमा अविजित ६४ रन बनाइन्। यसरी उनी महिला एशिया कपमा अर्द्धशतक बनाउने भारतकी पहिलो विकेटकीपर ब्याटर बनिन्। यूएई-की बलरहरूमा वाविशा एगोडागेलाई सर्वाधिक २ विकेट प्राप्त भयो। रिचालाई प्लेयर अव् द म्याच चयन गरियो। भारतले अब ग्रुप चरणको अन्तिम म्याचमा मंगलवार नेपालको चुनौती स्वीकार गर्नेछ।